दफा ४२
प्राविधिक समिति
(१) परियोजनाको कार्यान्वयन सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिनको लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालयको सचिवको अध्यक्षतामा सम्बन्धित विषयको विशेषज्ञ समेत रहने गरी बढीमा पाँच सदस्य रहेको एक प्राविधिक समिति गठन गर्नेछ ।
(२) प्राविधिक समितिको अध्यक्षले तोकेको सम्बन्धित मन्त्रालयको कुनै अधिकृत कर्मचारीले प्राविधिक समितिको सचिव भई काम गर्नेछ ।
(३) प्राविधिक समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।